काठमाडौं, साउन २ । पछिल्लो २४ घण्टामा देशभर थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ३४१ जनाको पिसिआर र दुई हजार ३१० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर एक हजार ७७६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै आज ४८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



















