Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनकपुरधामको नगरसभामा ४३ लाखभन्दा बढी खर्च, उपस्थितले खाए ८ क्विन्टलभन्दा बढी मासु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण १०, मंगलवार ०८:५६ बजे प्रकाशित

अबिजित दास
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्च गरेको छ । जनकपुरधाम उपमहानगरपालिका आर्थिक वर्ष २०७७÷७८ मा गरेको नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्चेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७७/७८ को प्रतिवेदन अनुसार उपमहानगरपालिकाले नगरसभा सञ्चालनमा दुई दिनमा ४३ लाख ८ हजार १२८ रुपैयाँ खर्चेको छ। उपमहानगरपालिकाले सञ्चालन गरेको नगरसभामा कतिजना उपस्थित थिए त्यो खुल्न सकेको छैन। तर उपमहानगरपालिकाले खाना, खाजामा ठूलो रकम खर्च गरेको देखिएको छ।

arkhala ads

महालेखा परीक्षकको कार्यालयले नगरसभामा उपस्थितिको संख्या नखुलेकाले पालिकाका कर्मचारी, पदाधिकारी र अन्य आमन्त्रित व्यक्ति गरी ५५० जनालाई आधार मानेपछि उपमहानगरले प्रतिव्यक्ति ७ हजार ८३३ रुपैयाँ खर्च गरेको जनाएको छ। ‘नगरसभामा उपस्थित प्रतिव्यक्ति खर्च ७ हजार ८३३ देखिएकाले यसलाई स्वाभाविक मान्ने स्थिति छैन’, महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ। उपमहानगरपालिकाले नगरसभामा ८०३ केजी मासुमा मात्र ७ लाख १० हजार खर्चेको छ। नगरसभामा उपमहानगरपालिकाले खसीको मासु ६५३ केजी १ हजारका दरले ६ लाख ५३ हजार र कुखुराको मासु १५० केजी ३८० को दरले ५७ हजार तिरेको छ। तर सो समयमा भने मासुको बजार भाउ उपमहानगरपालिकाले खर्चेको भन्दा कम थियो।

यस्तै, उपमहानगरले दुई दिनको खाना बनाएवापत ज्यालामा १ लाख २५ हजार, नगरसभाको प्रत्यक्ष प्रसारणवापत स्थानीय जानकी टेलिभिजनलाई ९५ हजार, स्टेज सजावट तथा खाना बनाउने आवश्यक भाँडामा ३ लाख ३७ हजार ८७०, केसरिया गम्छा ३६० को १ लाख ४२ हजार ४४०, व्याग र छाता १४०र१४० थानको ५ लाख ७४ हजार ७४१, पाइलट पेन ५८० थानको ७७ हजार ९२१ रुपैयाँ खर्चेको छ। यसैगरी, चिनी, चियापत्ती, चामल, दाल तथा मसला आदिमा ४ लाख ९६ हजार ४५७, १५५ थान डायरीमा ९८ हजार ४८४, पेश्की रकम ८ लाख ६० हजार, खाजा, कोल्ड ड्रिंक्सलगायत मसला र तरकारी आदिमा ७ लाख ९० हजार २१५ रुपैयाँ खर्चेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved