Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

फेरि बर्बराउन थाल्यो ओली, लगायो कांग्रेसलाई नारा चोरेको आरोप

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण १५, आईतवार १०:१० बजे प्रकाशित

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि बर्बराउन थालेको छ । उनले कांग्रेसलाई एमालेको नारा चोरेको आरोप लागेको छ । उनले अन्य राजनीतिक दलले दुई दशकमा गर्न नसकेको काम एमालेले तीन वर्षमा गरेकाे दाबीसमेत गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् । एमालेले समृद्ध नेपाल सुखी नेपाली, आफ्नो गाउँ आफैं बनाउँजस्ता लोकप्रिय नारा र कार्यक्रम अघि सारेपछि कांग्रेसले यस्तै प्रकारका नारा ल्याएर जनता झुक्याएकाे ओलीकाे आरोप छ।

arkhala ads

‘नेपाली कांग्रेस र अन्य दलले दुई दशकसम्म गर्न नसकेकाे काम एमालले तीन वर्षमा गरेर देखायाैं । कांग्रेसले २० वर्षसम्म कुनै नयाँ योजना र विचार ल्याउन सकेन,’ ओलीले भने,’एमालेले अघि सारेका विभिन्न नारा र कार्यक्रमलाई कांग्रेसले चोरेर, हाँगाबिगा बटारेर, प्रयोग गरेर जनता झुक्याएर राजनीति गरेको उनले भने ।

त्यस क्रममा ओलीले आगामी निर्वाचनमा स्थानीय तहको निर्वाचनमा जस्तो कमजोरी नगर्न कार्यकर्तालाई सचेत गराएका छन्। उनले आगामी निर्वाचनमा राष्ट्रिय युवा संघ अझै सशक्त भएर लाग्नुपर्ने बताए। युवा संघका नेता टोल-टोलमा पुगेर संगठन निर्माण गर्नसमेत उनले निर्देशन दिए। ओलीले युवाहरूले पार्टी या संगठनमा पदलाई सहायक रूपमा राख्दै कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्नसमेत आग्रह गरे।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved