चितवन-१८ साउन जिल्ला भरतपुर महानगरपालिका–१ नारायणगढको लिलाचोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान प्रहरी गस्ती टोलीले लिलाचोक स्थित सडकमा शंकास्पद रुपमा उभिइरहेका दुई जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ बस्ने वर्ष २५ को विष्णु केसी र भरतपुर-२ बस्ने वर्ष २७ को आशिष चौधरी रहेका छन् ।
उनीहरुलाई प्रहरीले जाँच गर्दा निलो रङको फाइबरको झोलामा लुकाइछिपाई ल्याएको लागुऔषध डाइजेपाम ७१ एम्पुल, प्रोमोताइजेन ७५ एम्पुल र नफिम ७१ एम्पुल गरी जम्मा २१७ एम्पुल फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



















