Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

धरान उपमहानगरको कार्यपालिका बैठक एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि स्थगित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण २०, शुक्रबार ०४:५६ बजे प्रकाशित
bulingtar press ads

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि बैैठक स्थगित भएको हो । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो ।

‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्‍याकजुरुक्क उठ्नुभयो । बहिष्कार गरेको भन्दै बैठकबाट बाहिरिएपछि कार्यपालिका स्थगित भएको हो । किन स्थगित गरेको कारणबारे केही बोल्नु भएन । कार्यपालिका बैठकमा आफ्नो कुरा राख्ने, विरोध गर्ने अधिकार त थियो नि । तर, बिना छलफल र जानकारी नै नदिई यसरी बैठक बहिष्कार गर्नु स्वभाविक भएन । उहाँहरुले दलीय रुपमा असयोग गर्न खोजेको हो भने त्यो गलत हुनेछ,’ उपप्रमुख बेघाले भने ‘आजको बैठकमा बाटोको मापदण्डको विषय, संस्थागत विद्यालयको पदपुर्ती र सुधार सम्बन्धी योजना, कर्मचारीहरुको मुल्यांकन लगाययतको विषय थिए ।

कार्यपालिकामा बहुमत सदस्यले बहिष्कार गरेपछि एजेण्डा अगाडी नै बढेन सकेन । कार्यपालिका बैठक स्थगित भएपछि मेयर हर्क साम्पाङ्ग राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘आज अनेकन एजेन्डामध्ये साबुन फ्याक्ट्री खोल्ने र खानेपानीको लागि ठूलो जलाशय बनाउने मेरा एजेन्डाहरु थिए तर कार्यपालिका बैठक बस्न सकेन । आशा छ छिट्टै बसिनेछ बैठक र पारित हुनेछन् । ’

धरान उपमहानगरमा मेयर हर्क साम्पाङ्ग र एमाले बिचको द्वन्द्व चर्किँदै गएको छ । एमालेकी नेतृ रहेकी मेयरमा पराजित मञ्जु भण्डारीले सहकारीको विषयलाई लिएर उपमहानगर विरुद्ध मान्छे उचालेको भन्दै मेयर राईले सामाजिक सञ्जालमा विरोध गरेका थिए । त्यसपछिको स्टाटसहरुले विवाद बढ्दै गएको थियो ।

धरान उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत रहेकोले मेयर हर्क साम्पाङलाई असहयोग रहेको छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved