दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्लाको सभापतिमा विकास सिग्देल चयन भएको छ ।



शुक्रबार दमौलीमा आयोजित तनहुँ जिल्ला भेलाले सभापतिमा भिमाद नगरपलिका – २ निवासी सिग्देललाई सर्वसम्मत चयन गरिएको हो ।


भेलाले तनहुँ जिल्लामा १३ सदस्य समिति हुने पदाधिकारीहरुमा हरेक पालिकाको सभापतिहरु जिल्ला सदस्य हुने छ । अन्य सदस्यहरु पार्टीले मनोनित गर्ने सभापति सिग्देलले जनाएको छ ।








