महेश सिंह
सिरहा । धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली. लहानमा सेवा प्रदान हुने गरेका छन् । उक्त अस्पताल लहान – ३ अस्पताल चोकमा बिगत १ बर्ष देखि संचालनमा रहेका छ ।
लौकहाँ ठाडी रोडमा पर्ने शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली.मा दक्ष अनुभवी डाक्टरहरुको टिमद्वारा संचालन भएको हेल्थ केयरमा सबै किसिमका बिरामी रोगीहरुको चाप रहने गरेका छन् । चौबीसै घण्टा फार्मेसी इमेर्जेन्सी र एम्बुलेन्स उपलब्ध दिने र ल्याब सेवा दिनुका संगै नर्मल डेलेभरी, फिजिकल एसल्ट, प्वाईजनिङ्ग, भिडियो ऐक्स-रे, ऐक्स-रे, लगायत सबै किसिमको जाँच विशेषज्ञ डाक्टरहरुद्वारा गरिन्छ । उक्त अस्पतालमा ओ.पि.डी सेवासमेत संचालनमा रहेका छन् ।
उक्त हेल्थ केयरमा गुणस्तरीय जाँच गरेको भन्दै सेवा लिन उपचार गराउन बिरामीहरुको चाप दिन प्रतिदिन बढदै गएको अस्पताल श्रोतले जानकारी दिए ।



















