Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कांग्रेस तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि डा.शेषरमण न्यौपानेसम्मको चर्चा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २२ | मध्यान्ह ०७:०४ बजे

दमौली । तनहुँमा नेपाली कांग्रेसबाट संसदीय निर्वाचनको उमेद्वारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल देखि डा.शेषरमण न्यौपानेसम्म चर्चामा छन् । देश भरिनै नयाँ अनुहार तथा दोश्रो पुस्ता प्रति आम नागरिकको रोजाई बढिरहेको प्रभाव तनहुँमा पनि परेको देखिन्छ ।

नेपाली कांग्रेसका धेरै नेता भएको भनेर चिनिएको तनहुँ जिल्ला यतिखेर अलमलमा देखिएको छ । २०४८ साल देखि राज गर्दै आएका दुई नेताहरु पौडेल र गोविन्दराज जोशी आफै वा उनको प्रतिनिधीको आमने सामने प्रतिस्पर्धा हुन नदिन प्रयास भएको देखिदैन । प्रत्यक्ष निर्वाचनमा जाने कि नजाने अलमलमा परेका पौडेललाई समानुपातिकमा जान दवाव पर्ने देखिदैछ ।

arkhala ads

अर्का नेता शंकर भण्डारी प्रदेश सभा हुदै मूख्यमन्त्रीको लाइनमा जाने चर्चा झट्ट हेर्दा राम्रो सुनिए पनि प्रिय होइन भन्ने धेरैलाई लागेको छ । तनहुँ क्षेत्र नम्वर १ मा पौडेल प्रत्यक्ष निर्वाचनमा नजादा गठबन्धनका कारण समाजवादीलाई गयो भने नेपाली काँग्रेसको संगठनमा ठूलो धक्का पुग्नेछ । केन्द्रीय सदस्य प्रदिप पौडेलको काठमाडौंको ५ वा ६ नम्वरमा उठ्न सक्ने चर्चा पनि पछिल्लो समय हराउदै गएकाले उनको रोजाई अब तनहुँ २ नै हो भन्ने अनुमान गर्न गाह्रो छैन ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई, ध्रुव वाग्ले र जिल्ला सभापति जीत प्रकाश आलेको व्यवस्थापनमा खासै कसरत हुन सकेको छैन । तनहुँमा २ संघीय र ४ प्रदेश क्षेत्र रहेकोमा गठवन्धनका कारण कम्तिमा २ सिट अरु पार्टीलाई दिनुपर्दा पनि अझ कठिन हुने निश्चित छ । पार्टी संगठनमा राम्रो गर्नेलाई पार्टीकै जिम्मा, नीति तथा कानुन निर्माण राम्रो गर्न सक्नेलाई संसदमा र शासन व्यवस्था संचालनको लागि राम्रो गर्न सक्नेलाई सरकारमा पठाउने संयन्त्र र मापदण्ड नभएसम्म ठूला पार्टीका कार्यकर्ता र नेताहरुको व्यवस्थापन थप चुनौतिपूर्ण हुदै जाने निश्चित छ ।

नयाँ अनुहार वा विशेष सन्देशका साथ मैदानमा नजाने हो भने जो कोहिलाई पनि यसपालिको निर्वाचन कठिन यात्रा हुनेछ । त्यसैले पनि होला नयाँ अनुहार र नीति निर्माण र विकासको क्षेत्रमा लामो अनुभव प्राप्त गरेका, समाजशास्त्रका पिएचडि, जिल्ला विकास समिति महासंघका पूर्व महासचिव, युवानेता डा. शेषरमण न्यौपाने सम्भावना भित्र देखिएका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved