नवलपुर । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी १ मा उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले यस क्षेत्रबाट लगातार ३ पटक निर्वाचन जितिसकेका कोइरालाले चौंथोपटक उम्मेदवार बन्ने आइतबार घोषणा गरेका हुन् ।
प्रेस यूनियनको केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आइतबार कावासोतीमा आयोजित सम्मान कार्यक्रममा कोइरालाले जिल्लाको विकासका लागि चार योजना अघि सार्दै फेरि उम्मेदवारी दिने निर्णय गरेका हुन् । कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको खेलमैदान, ट्रमा सेन्टर, त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक संजाल र विपन्नको जीवनस्तर उकास्न कृषि कार्यक्रम लागू गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
उनले पूर्वी नवलपरासीलाई उत्कृष्ट जिल्ला बनाउन आफुले अघि सारेका ४ वटा कुरा पुरा गर्न फेरि चौंथो पटक उम्मेदवारी दिने निर्णय गरेको हो । उनले अगाडि सारेको चार वटा योजना कार्यान्वयन गरि जिल्लाको बिकासका लागि कायापलट गर्ने बताए ।



















