Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सत्ता गठबन्धनका कार्यदलको संयोजकमा सिटौला, सम्मानजनक सिट बाँडफाँट गर्न सहमत

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २३ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । सत्ता गठबन्धनको आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको संयोजकमा कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला चयन भएका छन् । कार्यदलको सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कार्यदललाई व्यवस्थित बनाउन सिटौलालाई संयोजक बनाइएको बताए। उनले भने, ‘सिट बाँडफाँडबारे सबै साथीहरूले आफ्नो धारणा राख्नुभयो। अर्को बैठक २६ गते बस्नेछ।’ आजको बैठकमा कार्यदलका सदस्यहरूबीच ससम्मान तरिकाबाट सिट बाँडफाँट गर्ने प्रारम्भिक सहमति भएको स्रोतले बताएको छ।

arkhala ads

सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको यो पहिलो बैठक हो। कार्यदलले दिएको सुझावअनुसार गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँटको टुंगो लगाउनेछन्। आजै बिहान कांग्रेस शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा नेताहरूले समान प्रतिनिधित्व हुनेगरी सिट बाँडफाट गर्न सुझाव दिएका थिए।

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २-२ जनाको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरिसकेको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। साउन मसान्तसम्म सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिन गठबन्धनले कार्यदल गठन गरेको हो। सिटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुने कांग्रेसले जनाएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved