Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रदेश सभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ३० | बिहान ०६:०४ बजे

कृष्णनगर, साउन २९ । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् । यति बेला नेताहरुले आ–आफ्नो पार्टीका शीर्ष नेतालाई भेट्दै टिकट पाउनको लागि पहल गरिरहेका छन् ।

कपिलवस्तुको क्षेत्र नम्बर ३ को ‘ख’ बाट यस पाली प्रदेश सभाको निर्वाचनमा प्रदेश सदस्य उम्मेदवारीका लागि नेकपा एमालेबाट युवा नेता मिर्जा राशिद बेगको सम्भावना देखिएको छ । मिर्जा बेगले स्थानीय चुनाव सकिएपछि निरन्तर जनताको बीचमा रहि नेकपा एमालेलाई थप बलियो बनाउनका लागि सक्रियपुर्वक लागेका छन् ।

arkhala ads

स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरपालिकामा मेयर पदको उम्मेदवारी दिने पुर्ण तयारीमा रहे पनि स्थानीय जिल्ला, प्रदेश तथा केन्द्रका शिर्ष नेताहरुको आग्रहमा उम्मेदवारी नदिएका बेगले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने देखिएको छ । मंसिर ४ गते प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेदवारी दिने तयारीमा रहेको मिर्जा राशिद बेगले बताए ।

मिर्जा राशिद बेग असल छबि तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार यसपाली मिर्जा राशिद बेगलाई नेकपा एमाले पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।

नेकपा एमाले कृष्णानगर नगर कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कृष्णनगरका नगर अध्यक्ष पदमा बसी नेकपा एमालेका लागि निरन्तर सात वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

स्थानीय निर्वाचनमा बेगलाई टिकट नदिए पनि मिर्जाले पार्टीको नीती, सिद्धान्त अनुसार नेकपा एमाले पार्टीका उम्मेदवारहरुको लागि घरदैलो गरि मत माग्नमा निकै सहयोग पु¥याएका छन् । उनलाई पार्टीले प्रदेश सभा निर्वाचनका लागि टिकट दिए जित्ने प्रबल सम्भावना देखिएको स्थानीयले बताएका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved