Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

माधवको चमत्कार, मन्त्री पद गुमाएका यी सांसदलाई दिए महत्वपूर्ण जिम्मेवारी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ३० | बिहान ०९:०४ बजे

काठमाडौं । मन्त्रीबाट फिर्ता बोलाइएका नेकपा (एकीकृत समाजवादी)का सांसदहरुलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ।

सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएपछि मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो।

arkhala ads

जसमध्ये रामकुमारी झाँक्रीलाई अर्थ समिति, किसनकुमार श्रेष्ठलाई राज्य व्यवस्था तथा सुशासन समिति र विरोध खतिवडालाई सार्वजनिक लेखा समितिको सदस्यमा जिम्मेवारी दिइएको छ। त्यस्तै धनबहादुर बूढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ।

निर्वाचनको घोषणासँगै नेताहरु आफ्नो निर्वाचन क्षेत्र खोज्न सुरू गरेका छन् । सत्ता गठबन्धन सबै निर्वाचन क्षेत्रमा सिट बाँडफाँटको काममा जुटेको छ । सत्तारूढ गठबन्धनका दल मिलेर लड्ने भएपछि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामले धेरै अर्थ राख्नेछ। दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन् ।

काठमाडौं क्षेत्र नं २ मा भने कांग्रेसभन्दा एमाले अगाडि छ। यस क्षेत्रमा काठमाडौं महानगरका वडा नं ९ र ३२ वडा पर्छन्। कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९ अनि शंखरापुर नगरपालिका पर्छ।

स्थानीय तहको निर्वाचनमा एमालेले यो क्षेत्रमा पर्ने वडाहरूमा १७ हजार ३ सय २५ मत पाएको छ भने कांग्रेसले १४ हजार १ सय २८ मत पाएको छ। यो क्षेत्रमा एकीकृत समाजवादीले ८ हजार ७४ मत पाएको छ। त्यस्तै राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत पाएको छ।

यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार माधवकुमार नेपालले २७ हजार ३ सय ६६ मत पाएका थिए। कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय ३ मत ल्याएका थिए।

यसपालि माधव नेपाल काठमाडौं -२ बाट उठ्ने /नउठ्ने टुंगो छैन। उनी गृह जिल्ला रौतहटबाट उठ्ने धेरै सम्भावना छ । रौतहटमा उनको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले सबैभन्दा धैरै मत ल्याएको छ।

माधव नेपाल रौतहटमा उठेको खण्डमा काठमाडौं -२ बाट एकीकृत समाजवादीकी नेता रामकुमारी झाक्री उठ्ने सम्भावना छ। उनले एक अन्तर्वार्तामा गुल्मी वा काठमाडौं मध्ये १ ठाउँबाट निर्वाचन लड्ने बताएकी छन्। काठमाडौंमा एकीकृत समाजवादी सबैभन्दा बलियो भएको निर्वाचन क्षेत्र नम्बर-२ नै हो ।

त्यस्तै क्षेत्र नम्बर २ बाट माधवकुमार नेपाल उठे भने कांग्रेसले पक्कै छाड्ने छ। उनको निर्वाचन क्षेत्रमा रामकुमारी झाक्री उठ्ने भइन् भने पनि कांग्रेसलाई सो क्षेत्र छाड्ने दबाब हुनेछ। एमाले यहाँ बलियो भएका कारण पनि यो क्षेत्र छाड्न कांग्रेसलाई पनि गाह्रो हुने छैन।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved