काठमाडौं, साउन ३१ । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल नेपालमा ५ हजार २५९ जना संक्रिय संक्रमित रहेका छन् ।



















