Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मचेडीमा आधारभुत स्वास्थ्य इकाई स्थापनाको तयारी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ २ | मध्यान्ह ०८:०५ बजे

नवलपुर । बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बौदिकाली गाउँपालिका – १ मचेडीमा आधारभुत स्वास्थ्य ईकाइ स्थापना गर्ने विषयमा स्थानीयसँग छलफल गर्नुभएको छ ।

बिहिवार स्थलगत अनुगमन गर्दै अध्यक्ष ओझाले मचेडीमा स्थानिय सरोकारवालाहरूसँग छलफल गर्नु भएको हो । मचेडीमा आवश्यक जग्गाको व्यवस्था भएको हुँदा अब छिट्टै उक्त कार्य सञ्चालन गर्ने प्रतिवद्धतासमेत गरेका छन ।

arkhala ads

सामान्य रोग लाग्दा पनि छिमेकी वडा तथा छिमेकी पालिकामा जानुपर्ने वाध्यतालाई हटाउदै तत्काल अस्थायी संरचनाबाट भएपनि स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा उहाँले जोड दिनुभयो । अबको केही दिनभित्र आवश्यक स्वास्थ्यकर्मी सहितको टोलीले मचेडीबाट सेवा दिने र आफ्नै भवन बनेपश्चात आफ्नै भवनबाट सेवा दिइने जानकारी गराउनुभयो ।

भविष्यमा कालिगण्डकी करिडोरमा सवारी चाप बढ्ने हुँदा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य ईकाइबाट तत्काल सेवा सुरू गर्ने कुरामा उहाँले प्रतिवद्धता गर्नुका साथै दुर्घटनाबाट हुने अप्रिय घटनामा प्राथमिक उपचार गरि माथिल्लो अस्पतालमा पठाउनको लागि पनि स्वास्थ्य ईकाइ आवश्यक रहेको भन्दै उहाँले यो स्वास्थ्य इकाइलाई आवश्यकता अनुसार स्तरउन्नती गर्दै जाने बताउनुभयो ।

स्वास्थ्य इकाइ भवन सबैको पाएक पर्ने स्थानमा हुनुपर्ने बताउदै उहाँले माग्लिङटारका जनतालाई इकाइमा पहुँच गराउन नयाँ बाटो बनाउन पालिकाले आवश्यक सम्पुर्ण कुराको व्यवस्था गर्ने बताउनुभयो । स्वास्थ्य इकाई भवन बनाउन आवश्यक जग्गा निशुल्क उपलब्ध गराइदिनु हुने जग्गादाता पिताम्बर कण्डेल र सागर घिमिरेलाई धन्यवाद दिदै अध्यक्ष ओझाले उहाँहरूको यो सहयोगको लागि बौदिकाली गाउँपालिका सधै आभारी रहने बताउनुभयो ।

सामान्य रोगको उपचार गर्नुका साथै रोगलाई गम्भीर हुनुपुर्व नै पुर्वसचेतना दिनका लागि पनि स्वास्थ्य इकाइ आवश्यक रहेको बताउदै बौदिकाली १ का वडाअध्यक्ष अनिल थापाले स्वास्थ्य इकाइ छिटोभन्दा छिटो सम्पन्न गर्न वडा र पालिकाले आवश्यकता सम्पुर्ण तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिनुभयो ।

छलफलमा बौदिकाली गाउँपालिका गाउँसभा सदस्यद्वय रविन्द्रराज कण्डेल, डिल बहादुर बस्याल समाजसेवी डोलराज कण्डेल, खिमचन्द्र भण्डारी, रामप्रसाद कण्डेल, चोलाकान्त कण्डेल, बाबुराम भण्डारी, आनन्द प्रसाद खनाल, नारायण प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved