काठमाडौं, भदौ ८ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बुधबार बिहान ९ः३० बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच भेटवार्ता जारी छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
साथै नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री देउवाकै निमन्त्रणमा ओली बालुवाटार पुगेको बताइएको छ।



















