- धन बहादुर सिंजाली
- चितवन १२ भदौ
आइतबार बेलुकी करिब ५ः३५ बजेको समयमा नारायणी पुलबाट नामथर नखुलेका पुरुषजस्तो देखिने व्यक्ति बेपत्ता भएका छन् ।
चितवन वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नम्बरको स्कुटर रोकेर हामफालेका मानिसको खोजी कार्य जारी राखेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । हमफाल्ने व्यक्तिले प्रयोग गरेको स्कुटर नुवाकोट घर भई हाल भरतपुरमहानर ३, नौघरेमा डेरा गरी बस्ने २८ वर्षीय भीमसेन विकको रहेको खुलेको छ ।



















