- धन बहादुर सिंजाली
- काठमाडौं १४ भदौ ।
आज पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९२१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८७ पुगेको छ । नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ हजार नाघेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८१ हजार ९७६ पुगेको छ ।



















