- धन बहादुर सिंजाली
- चितवन १४ भदौ ।
चितवनमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा पाँच र रत्ननगर, कालिका र खैरहनीमा एक/एक संक्रमित थपिएका हुन् । मंगलबार जिल्लामा कोरोनाका ३७ जना सक्रिय संक्रमित छन् । तीमध्ये ३४ संक्रमित होम आइसोलेसनमा छन् भने तीन संक्रमित अस्पताल आइसोलेसनमा छन् । चितवनका तीनसहित १० संक्रमित यहाँका विभिन्न अस्पतालमा उपचाररत छन् ।



















