- धन बहादुर सिंजाली
- काठमाडौं १४ भदौ ।
आज प्रकाशित हुने कक्षा १२ को नतिजा केहि दिन पछी प्रकाशनको तयारी गरेको छ ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क (ग्रेड) उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले केही दिनभित्र परीक्षाफल प्रकाशन हुने जानकारी दिए ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको परीक्षामा चार लाख १० हजार विद्यार्थी सहभागी थिए ।



















