Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गठबन्धनको बाँडफाँट- कांग्रेस ८६ सीटमा रोकिने संकेत

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र १६, बिहीबार ०६:५२ बजे प्रकाशित
bulingtar press ads

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस १६५ मध्ये ८९ सीट अन्य सहयात्रीलाई छाडेर ८६ निर्वाचन क्षेत्रमा चुनाव लड्न तयार भएको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले कार्यदलमा रहेका नेताहरुलाई सोहीअनुसार अघि बढ्न संकेत गरेका छन् । कार्यदलमा रहेका एक कांग्रेस नेताका अनुसार एक सय सीट दाबी गर्ने, ९० लाई बटमलाइन बनाउने र अन्तिममा ८६/८७ सीटमा सहमति जनाउने सम्भावना छ ।

माओवादी नेताहरुले भने कांग्रेसलाई ८० सीटमा रोक्न खोजेका छन् । कार्यदलसहित शीर्ष नेताहरुको बैठक बिहीबार साँझसम्म पनि चलिहेको छ । कांग्रेस ८६ सीटसम्म सहमत भयो भने माओवादी केन्द्रले बाबुराम भट्टराई र बामदेव गौतमसहित ४५ देखि ४७ सीटसम्म पाउने सम्भावना रहेको छ । यद्यपी यो टुंगो लागिसकेको छैन । माओवादीले ६० सीट दाबी गर्ने, ५० लाई बटमलाइन बनाएर अन्तिममा ४५ मा सहमति जनाउने देखिएको छ ।

त्यस्तै, ४० सीट दाबी गरेको नेकपा एसले बढीमा १५ देखि १८ सीट पाउने सम्भावना छ । तर नेकपा एसका नेताहरुले २० सीटभन्दा तल नजाने अडान लिएका छन् । जसपाले १२ सीटलाई बटमलाइन बनाएको छ भने २ सीट दावी गरेको राष्ट्रिय जनमोर्चाले १ सीट पाउनेछ । कांग्रेसले लोसपालाई पनि गठबन्धनमा सामेल गर्न खोजेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved