भरतपुर । माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारीको नाम सिफारिस गरेको छ ।
माओवादी प्रदेश समिति बैठकले आइतबार अधिकारीको एकल नाम सिफारिस गरेको हो । अधिकारी चितवन जिल्ला संयोजक हुन् ।
यस्तै, चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरिएको छ ।



















