तनहुँ १९ भदौ । शनिबार देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम ४१ जनाले रक्तदान गरेका छन् । रगत संकलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न देवघाटमा रक्तदान गरिएको हो । देवघाट गाँउपालिका र वाटर सेन्टर–२१ पहलको संयुक्त आयोजना तथा रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक क्लब अफ नारायणगढ, सामुदायिक रेडियो देवघाटको समन्वय र नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर, रोटरी क्लब अफ कुपोण्डोल र लियो क्लब अफ देवघाट चौतारीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, देवघाट क्षेत्रमा रहेका आश्रमका बटुक, बुद्धिजीवी, पत्रकारलगायतले रक्तदान गरेको वाटर सेन्टर–२१ पहलका प्रमुख कार्यकारी अधिकृत गुनेश्वर महतोले बताए ।



















