Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरका सबै स्थानिय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज १ | मध्यान्ह ०६:०६ बजे

नवलपुर १ असोज ।  नवलपुरका सबै स्थानिय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा परेका छन ।

शुक्रबार निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने र बिलम्ब गरेर बुझाउने सबैलाई कार्वाही गर्ने निर्णय गरे सँगै जिल्लाका स्थानिय तहका प्रमुख, उप्रमुख तथा जनप्रतिनिधीमा निर्वाचित सहित उम्मेदवार बनेका एक जना बाहेक सबै कार्वाहीमा परेका हुन ।

arkhala ads

आयोगले आयोग ऐन दफा २६ को उपदफा १ अनुसार सबै स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष सहित जिल्लामा गत स्थानिय तहको निर्वाचनमा उम्मेदवार बनेका एक हजार ४ सय २८ जना उम्मेदवार मध्ये १ हजार ४ सय २७ जना ले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो । बौदीकाली-३ बाट सदस्य उम्मेदवार बनेकी देउमाया रुचालले भने समयमै खर्च विवरण बुझाएकी हुन ।

बिलम्ब गरेर खर्च विवरण पेश गर्नेमा कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसाल, गैडाकोटका प्रमुख मदनभक्त अधिकारी, मध्यविन्दुका प्रमुख भीमलाल अधिकारी, देवचुलीका प्रमुख हरिप्रसाद न्यौपाने, बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा, विनयी त्रिवेणी गाउँपालीका अध्यक्ष घनश्याम गिरी र हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे रहेका छन ।

त्यस्तै उप्रमुख तथा उपाध्यक्षहरुमा देवचुलीकी पार्वता तिवारी, गैडाकोटकी शान्ति कोईराला, मध्यविन्दुकी पुर्णकला चौधरी हुप्सेकोटका पूर्णसिंह राना, विनयी त्रिवेणीकी भगवती बैदवार क्षेत्री, , बौदीकालीकी उपाध्यक्ष डिलकुमारी केसी सारुले समयसिमा कटे पछि खर्च विवरण पेश गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी र उपाध्यक्ष दिलमाया रानाले खर्च विवरण पेशनै गरेनन ।

खर्च विवरण नबुझाउने र ढिला बुझाउनेलाई आयोगले निर्धारण गरेको निर्वाचन खर्च सीमाको आधार जरिवाना गर्ने निर्णय गरेको हो । आयोगले नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरुलाई जनही ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरुलाई जनही ३ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्ष, महिला सदस्य ,दलित महिला सदस्यपदका उम्मेदवारलाई जनही २ लाख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरुलाई जनही १ लाख ५० हजारका दरले निर्णय गरेको हो ।

आयोगले तोकेको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने वा उम्मेदवार हुन अयोग्य घोषित गर्ने निर्णयसमेत गरेको जनाएको छ ।

स्थानिय तहको निर्वाचनमा जिल्लामा उम्मेदवार बनेका १ हजार ४ सय २७ जना मध्ये अधिकांशले खर्च विवरण नबुझाएका र केहिले बिलम्ब गरेर खर्च विवरण बुझाएको आयोगले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved