Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

घुम्ती शिविरको पहिलो दिन ६७३ जनाको स्वास्थ्य परिक्षण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज ४ | बिहान ०६:०६ बजे

दमौली । तनहुँको म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ती शिविरको पहिलो दिनमा ६७३ जना सेवाग्राहीले स्वास्थ्यसेवा लिएका छन् । शिविरको पहिलो दिन भएको वडा नं १ को मान्ह्रौवाट सेवा शुरु गरिएको हो ।

गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवाहरु दिईएको थियो ।

arkhala ads

स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामी जाँच तथा औषधि वितरण, प्रयोगशाला सेवा, रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवा दिईएको थियो ।

पहिलो दिनको शिविरमा वहिरङ्ग सेवा अन्र्तगत १९७ जनाले सेवा लिएका थिए । यसैगरि प्रयोगशाला अन्र्तगत १६० जनाको सुगर परिक्षण गरिएको थियो भने जसमा ९ जनाको पोजेटिभ देखिएको छ । पोजिटिभ देखिएका सेवाग्राहीलाई पुन परिक्षणका लागी दमौली अस्पताल पठाईएको पालिकाका स्वास्थ्य अधिकृत दिनेश पण्डितले जानकारी दिए।

यसैगरि शिविरमा ७९ जना सेवाग्राहीको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको थियो जसमा ८ जनाको क्यान्सर शंकास्पद भेटिएको, ८ जनाको आङ खस्ने समस्याको रिङ्ग प्रेसरी वाट उपचार गरिएको र ३ जना महिलाहरुलाई लामो अवधिको प.नि साधनको प्रयोग गरिएको छ । जटिल प्रकृतिको रोगको थप उपचारको लागी सम्वन्धित निकायमा सिफारिश गरिएको पालिकाले जनाएको छ ।

यसैगरि शिविरमा कोभिड १९ रोग विरुद्धको खोप सेवा पनि दिईएको थियो । ११६ जनाले खोप लिएकामा २७ जनाले प्रथम मात्रा, ९ जनाले दोश्रोमात्रा र ८८ जनाले बुष्टरडोज खोप सेवा लिएका थिए । आयुवर्वेद्ध तर्फ ११६ जना सेवाग्राहीले सेवा लिएका थिए भने क्षयरोग परिक्षण ८ जनाको गरिएको थियो ।

शिविरको पहिलो दिन ६७३ जनाले स्वास्थ्य सेवा लिएको र यो अत्यन्त उत्साहजनक भएको गाँउपालिका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

शिविरले आम जनताको घरदैलो सम्म जाने, जनताको समस्या सुन्ने र समाधानका लागी अग्रसर हुने अवसरका रुपमा लिएको अधिकृत अधिकारीले वताउनुभयो ।

असोज २ गते शुरु भएकोे घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved