Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप रोकिएन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज २८ | बिहान १०:०६ बजे

परासी । पश्चिम नवलपरासीमा दुर्गापुजाको प्रसाद खाएर गाउँ नै बिरामी परेको पश्चिम नवलपरासीको रामग्राम- १८ पम्फापुर गाउँमा फैलिएको झाडापखालाका बिरामी दैनिक बढेर प्रकोपको रुप फैलिएको छ । बुधबार १ सय ९ जनामा झाडापखाला फैलिएकोमा सो गाउँमा परीक्षणका क्रममा विहीवार थप ५३ जना झडापखाला र ज्वरोका बिरामी भेटिएका छन् ।

प्रकोपको रुपमा झाडापखला फैलिएपछि रामग्राम नगरपालिकाले गाउँमै अस्थायी शिविर संञ्चालन गरेको नगर प्रमुख धनपत यादवले बताए । झाडापखला र ज्वरोका कारण गम्भीर बिरामी भएका १९ जनामध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

arkhala ads

दशैमा दुर्गा पुजा समापनको प्रसाद खाएका सबैमा समस्या देखिएकाले फूड प्वाइनिङ्गका कारण झाडावान्ता फैलिएको आशंका गरिएको छ । वास्तविक कारण पत्ता लगाउन लुम्बिनी प्रदेशको स्वास्थय निर्देशनालय, स्वास्थ्य कार्यालयसहितको टोली सम्बन्धित स्थानमा पुगेर पानी र दिसाको नमुना संकलन गरेको रामग्राम नगरपालिकाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए ।

बुधवार भेटिएका बिरामीहरुलाई औषधि दिइएकोमा चेकजाँचको क्रममा अवस्था सुधारउन्मूख देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गम्भीर बिरामी भएकाहरुको पनि स्वास्थ्य अवस्थामा सुधार आएको स्वासथ्यकर्मीहरुले बताएका छन् । दसैं सकिएपछि गाउँमा लगाइएको भोजमा खाना खाएकाहरु बिरामी भएको स्थानीयले बताएका छन्।

अहिले झाडापखालाका रुपमा फैलिएको रोग हैजा पनि हुनसक्ने भएकाले अनुसन्धान टोली पठाएर यकिन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved