Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

१२ बुँदे सहमति एमालेबाट माधव नेपाल, कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले गरेको हुँ:प्रचण्ड

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक १, मंगलवार ०३:०९ बजे प्रकाशित
bulingtar press ads

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताएका हुन् । उनले भने, ‘मंसिर ४ को निर्वाचनमा दुईवटा विचार, दुईवटा प्रवृत्ति र दुईवटा गठबन्धन आमनेसामने छन् । यो दुई गठबन्धनको उद्देश्य के छ र किन प्रतिस्पर्धा गर्दैछन् भन्नेर गम्भीरतापूर्वक बुझ्नुपर्छ । जनतालाई सच्चा गठबन्धनको पक्षमा ल्याउनुपर्छ ।’

१२बुँदे समझदारी गर्दा नेपालमा संविधान सम्भव छैन भन्ने नेताहरुसमेत रहेको उनको भनाइ छ । ‘गणतन्त्र ल्याउनु र गोरुगाढा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरु पनि थिए । हामीले बिर्सन हुँदैन । त्यो प्रवृत्ति थियो । गोरुगाढा प्रवृत्तिविरुद्ध आन्दोलन गरेर देश संघीयता र लोकतान्त्रिक गणतन्त्रमा गएको हो । समावेशी र समानुपातिक सिद्धान्तमा गइसकेपछि हिजो गोरुगाढावाला नेताहरु त बद्लिए भन्ने लागेको थियो । तर, होइन रहेछ’, उनले भने ।

प्रचण्डले संविधान र लोकतन्त्रमाथि नै धोका दिएको आरोप लगाए । उनले भने, ‘संविधानमा हस्ताक्षर गरिसकेपछि प्रतिगमन, निरंकुशतामा अराजकतातिर जाने छैनन् होला भन्ने लागेको थियो । तर, त्यो सबै धोका र बेइमानी रहेछ । हामीले वाम गठबन्धन गरेपछि मात्रै थाहा भयो ।’

एमालेले देशमा अराजकता ल्याएर सामन्तवादलाई स्थापित गराउन चाहेको उनले आरोप लगाए । उनले भने, ‘१२ बुँदे सहमति एमालेबाट माधव नेपाल, कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले गरेको हुँ । अहिले हामी एकै ठाउँमा छौं । त्यसैले यो सामान्य चुनाव होइन । हामी अहिले ठूलो राजनीतिक ब्याटल लड्दैछौं ।’

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved