Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रेकर्ड ब्रेकको रेसमा ‘प्रचण्ड’

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक १, मंगलवार ०३:४० बजे प्रकाशित

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनको तर्फबाट गोरखा २ को उम्मेदवार छन्। गठबन्धन भित्रका माओवादी, कांग्रेस, नेपाल समाजवादी, एकिकृत समाजवादीले स्थानीय तहमा गोरखा २ मा पाएको मत हेर्दा चुनाव जित्न असहज देखिन्न तर दाहाल चुनाव जित्न मात्र नभई ‘रेकर्ड ब्रेक’ को ‘रेसमा छन्।

गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण होस् या गठबन्धन दलको संयुक्त प्रशिक्षण, आन्तरिक भेटघाट सबैमा दाहालले जित्ने भन्दापनि ‘रेकर्ड’ बनाउने विषय महत्वपूर्ण भएको बताउँदै आएका छन्।

arkhala ads

गठबन्धन दलले गोरखामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले भने ‘बलियो हात दिएर पठाउनुभयो भने प्रतिगमन र प्रतिक्रान्तीलाई चिर्न सक्छ लुलो भयो भने गार्हो पर्छ।’ मलाई कति तागत दिनुहुन्छ भन्ने कुराले केन्द्रिय राजनीतिलाई अझै सहज बनाउन र केन्द्रिय स्तरबाट विकास निर्माणलाई गती दिन सफलता मिल्ने उनले बताए। आफ्नो गोरखा आगमनलाई हल्का रुपमा नलिन उनले अनुरोध गरे।

२०६४ सालको निर्वाचनमा गोरखा २ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेको डाक्टर बाबुराम भट्टराईले ४६ हजार भन्दा बढी मत पाएका थिए। त्यो खसेको मतको ८३ प्रतिशत थियो। २०७० मा गोरखा २ मा माओवादी केन्द्रका नेता हितराज पाण्डे बिजयी बने। त्यतीबेला भट्टराई गोरखा १ बाट चुनाव लडेका थिए। फेरी २०७४ मा भट्टराई गोरखा २ मै फर्किए। कांग्रेस सँगको गठबन्धनमा भट्टाराईले ३१ हजार आठ सय सात मत ल्याए भने बाम गठबन्धबाट उम्मेदवार रहेका नारायणकाजी श्रेष्ठले २४ हजार नौ सय ३३ मत पाए।

२०६४ सालको निर्वाचनमा गोरखा २ को परिणाम भने अप्रत्याशित थियो। खसेको मतको ८३ प्रतिशत र प्रतिद्वन्द्वीलाई ४० हजार मतान्तरले भट्टराईले पराजित गरेका थिए। ‘मेरो नाममा यो दुईवटा रेकर्ड छ’ सत्ता गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई गोरखामा सम्बाेधन गर्दै भट्टराईले भने ‘अहिले मतदाता बढेका छन् मत पनि ४६ हजार आउला, प्रतिद्वन्द्वीसँग मतान्तर पनि ४० हजार होला तर खसेको मतको ८३ प्रतिशत ल्याउन कठिन छ, असंभव छैन।’ गोरखा २ बाट रेकर्ड ब्रेक गर्न उनले दाहाललाई ९० प्रतिशतको टार्गेट सहित शुभकामना दिए।

२०६४ र ७० मा मूख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग भयो, २०७४ मा म नेपाली कांग्रेस सँग सहकार्य गरेर नेकपा सँग प्रतिस्पर्धा भयो भट्टराईले भने ‘अहिले चौथो निर्वाचन सुखद भयो, हिजोका प्रतिस्पर्धी सँगै छौँ, म भन्दा भाग्मानी खुसी को हुन सक्छ।’ दुबै पक्षसँग प्रतिस्पर्धा गरेको मान्छे दुबै पक्षलाई एकै ठाउँमा राखेर गठबन्धनका सबै उम्मेदवारलाई जिताएर सहकार्यको मोडल बनाउने र देशलाई समृद्धी तर्फ लैजाने योजना रहेको उनले सुनाए।

गत स्थानीय निर्वाचनमा भने सत्ता गठबन्धनका दलबिच गोरखामा तालमेल भएन। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मत र एमालेका उम्मेदवारले पाएको मतान्तर धेरै देखिन्छ। सत्ता गठबन्धनका उम्मेदवारले स्थानीय निर्वाचनमा गोरखा २ का पालिकामा करिब ५२ हजार मत पाए। एमालेका उम्मेदवार करिब छ हजार पाँच सय मत पाएको देखिन्छ। छ गुणा भन्दाबढि मत गठबन्धन दल सँग छ। यही आडमा रेकर्ड ब्रेकको योजनामा माओवादी केन्द्रका अध्यक्ष दाहाल छन्। प्रशिक्षणका क्रममा उनले गोरखामा धेरै स्थानीय तह जित्नु पनि आफु यहाँ आउने एउटा आधार बनेको हुन सक्ने बताए। स्थानीय तहमा उम्मेदवारी नदिएका नयाँ दलहरुले मतान्तरमा भने केही प्रभाव पार्ने देखिन्छ। अहिले दाहाल सहित गोरखा २ मा १२ जनाबिच प्रतिस्पर्धा हुँदैछ।

माओवादीका नेता कार्यकर्ता मात्र होईन गठबन्धनमा रहेको कांग्रेसका नेता पनि माओवादी केन्द्रका अध्यक्षलाई रेकर्ड मतका साथ बिजयी गराउने लाग्नुपर्ने बताउँदै आएका छन्। ‘जित त सुनिश्चित छ तर एउटा पार्टीको केन्द्रिय अध्यक्ष आएर चुनाव लड्दै गर्दा जितेर मात्र भएन रेकर्ड बनाउने गरी जित्नुपर्छ हामीले जिताउनुपर्छ, यो हाम्रो लागि अवसर हो’ कांग्रेस केन्द्रिय सदस्य एवं गोरखा २ ख का उम्मेदवार सुरेन्द्रराज पाण्डेले भने।

गठबन्धनबाट गोरखा १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईले अध्यक्ष दाहाललाई अत्याधिक मतले बिजयी गराएर गोरखामा प्रचण्डको नेतृत्वमा गठबन्धन दलका सबै उम्मेदवारले इतिहास राख्ने बेला आएको बताए। हरेक भेटघाट, छलफल र चुनावी तयारी दाहालले रेकर्ड ब्रेक केन्द्रित गरेका छन्। माओवादी जिल्ला पार्टी पनि दाहालको जित भन्दापनि मतान्तरको हिसाब किताबमा केन्द्रित छ। गठबन्धनका दलहरु संयुक्त चुनावी कार्यक्रम, बैठक र तयारीमा ब्यस्त देखिन्छन्।

गोरखा २ मा प्रतिनिधि सभाकालागि नेकपा एमालेको तर्फबाट सिरानचोक ३ का अब्दुस मियाँले उम्मेदवारी दिएका छन्। २८ वर्षका उनी एमालेको राजनीतिमा नयाँ हुन। निरन्तर चुनाव जितेका नेताबाट कुनै परिर्वतन संभव नभएको भन्दै आफ्नो जित शुनिश्चित रहेको दावी उनको छ। नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस बिपीबाट टिकादत्त पोखरेल, राप्रपाबाट शुसिल पन्त, नेकपा मालेबाट नारायणबाबु आचार्य पनि उम्मेदवार छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटी पुराना दल र नेता नभई जनताले नयाँ नेतृत्व खोजेकाले आफ्नो पक्षमा परिणाम आउने दावी गर्छन्।

हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोल नेशनल अर्गनाईजेशनका सोमबहादुर गुरुङले उम्मेदवारी दिएका छन्। बारपाक सुलिकोट ८ का बिनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका र साना दलको प्रभाव गाउँतहमा कम देखिन्छ। तर यीनले मत काट्दा रेकर्ड ब्रेकमा असहयोग हुने हो कि भन्ने चिन्ता सत्ता गठबन्धनका नेतामा छ। नागरिक न्युजबाट

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved