नवलपुर । प्रतिनिधि सभा होस् या महामन्त्री हुँदा धेरै नबोल्ने नेताका रुप परिचित नेता हुन् डा शशांक कोइराला। तर, अहिले जुन बजेट २०७९/८० को सरकारले ल्याएको छ । त्यो बजेट हेर्ने हो भने जुन कुरालाई डा शशांक कोइरालाले विभिन्न मंचमा होस् या पार्टीको महाधिवेशन होस्, विगतका बर्षहरूबाट उठाउदै आएका मुद्दाहरु नै यो वर्षको बजेटमा समावेश भएका छन्।
उनले जहिले नि भन्ने गरेका छन् कि देशको विकास गर्नु छ, भने कृषिलाई पहिलो प्राथमिकता दिएर कृषिमा अनुदानहरु बढाएर गर्नु पर्छ । उनले भनेको जस्तो कृषि क्षेत्रको रुपान्तरण, उत्पादन र उत्पादक वृद्धि, आफ्नै उत्पादन आफ्नै उपभोगको नीति सरकारले अगाडी सारेको छ। कृषि क्षेत्रको रुपान्तरण र रोजगारी वृद्धि: निरपेक्ष गरिबीको अन्त्य हुन त नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले विपी कोइराला जतिको भिजनरी भएको नेता अहिलेको समयमा कोही नभएको बताउँछन्।
तर, जुन कुरा डा शशांक कोइरालाले सोचेको या भन्दै आएको क़ुरान छ, त्यसले उनीमा विपीको जस्तै सोच्न सक्ने नेताका रूपमा परिचित गराएको छ । विपी कोइरालाको एउटा भनाई “गाउँ र त्यहाँका बासिन्दा वस्तु स्थिति बारे जानकारी नभएसम्म नेपालमा गरिबीको समस्याको छेउसम्म बुझ्न सकिन्न भन्ने कुरा ” डा कोइरालाले राम्रो सँग बुझ्नु भएको छ भन्ने कुरा स्पष्ट हुन्छ । क्षणिक समयको लागि देखाउने काम होइन दिर्घकालिन राष्ट्रिय महत्वका काम गर्नु पर्छ आफु भन्दा राष्ट्र र जनतालाई महत्व दिने डा.कोइराला पूर्वी नवलपरासी (नवलपुर बाट) सविधान सभा सदस्य बन्दै आएका छन् ।
उनले गएको चुनावमा भनेका कुराहरु पनि अहिलेको बजेट कार्यक्रममा समावेश भएको पाइएको छ |
जस्तै: देवचुलीमा ट्रमा सेन्टरको स्थापना, पूर्वी नवपरासीको मध्यविन्दुमा अत्याधुनिक रिक्रीयसन सेन्टरको मनोरञ्जन स्थान) स्थापना, गैंडाकोटमा विपी अन्तराष्ट्रिय खेल ग्राम, धौवादी फलाम खानीबाट फलाम उत्पादनको पूर्व तयारीका कार्य, कालीगण्डकी करिडोरलाई बजेट विनियोजन गरि पोखरासम्मको दुर्तमार्गको परियोजना अगाडि बढाएको छ।
आगामी वर्ष सम्म नारायणघाट – बुटवल सडक खण्डको विस्तार कार्य सम्पन्न गरिने योजनाहरु उनको निर्वाचन क्षेत्रमा परेको बजेटहरु हुन ।



















