Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चुनावपछि गठबन्धनका पाण्डेलाई मुख्यमन्त्री र मलाई देशको नेतृत्व गर्ने अवसर छ : प्रचण्ड

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक १८, शुक्रबार ०१:२३ बजे प्रकाशित
bulingtar press ads

गोरखा, कार्तिक १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गतेको चुनावपछि आफू प्रधानमन्त्री र कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका छन् ।

गोरखाको याङकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखा २ बाट उम्मेदवार दिएका सबै आ–आफ्नो ठाउँबाट नेतृत्वमा पुग्ने अवस्था रहेको दाबी गरे । ‘गोरखाको जित संसारले देख्नुपर्छ । गोरखा त्यसैपनि संसार भर देखिन्छ पनि सुनिन्छ पनि । गोरखामा राम्रोसँग मतदान गरियौ भने एक ढिक्का भएर अगाडि बढ्यौ भने त्यो मतदानले एउटा शक्ति प्रधान गर्नेछ ।

उर्जा प्राप्त भएमा सुरेन्द्रराज पाण्डे प्रदेशको सदस्य मात्रै हुनुहुन्न । उहाँ प्रदेशको मुख्यमन्त्री हुने पुरै सम्भावना छ । फणिन्द्र देवकोटा प्रदेशको मन्त्री हुने पुरै सम्भावना छ’ प्रचण्डले भने, ‘मलाई देशको नेतृत्व लिने सम्भावना छ । तपाईहरुले हामीलाई बलियो बनाएर पठाउनुभयो भने सिंहदरबार र प्रदेशमा बलियो हुने अवस्था छ ।’ गोरखाबाट गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएमा विकास र समृद्धिको यात्रा तिव्र गतिले अगाडि बढ्ने प्रचण्डले विश्वास व्यक्त गरे ।

गोरखामा मुख्य शक्ति माओवादी र कांग्रेस भएकाले दुई शक्ति मिलेमा असाधारण बहुमत आउने प्रचण्डले दाबी गरे । ‘अहिलेको निर्वाचनमा गठबन्धनको पक्षमा सिंगै देशले देख्नेगरी गोरखामा यस्तो रेकर्ड बन्यो भनेर देखाउनुपर्ने छ । गोरखामा अत्यधिक मत ल्याएर सबै उम्मेदवार विजयी भए भन्ने रेकर्ड बनाउन जरुरी छ’ उनले भने ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved