परासी, २७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलको पक्षमा माहोल बनेको छ । वहाँको निर्वाचन क्षेत्र पश्चिम नवलपरासी क्षेत्र नम्बर २ हो । तर क्षेत्र नम्बर २ मा कंडेलको पक्षमा बाहोल बनेपछी कंडेलनै अहिलेको निर्वाचनमा निर्वाचुत हुने देखिएका छन् ।
२०७४ को निर्वाचनमा एमाले माओवादीसहितको वाम गठबन्धनलाई फराकिलो अन्तरले पराजित गरेका कंडेललाई मंसिर ४ को निर्वाचन भने निकै सहज हुने मानिएको छ । यस क्षेत्रमा आगामी निर्वाचनका लागि कांग्रेस–माओवादी केन्द्रको गठबन्धन रहेको छ । जसमा प्रतिनिधिसभामा कांग्रेसकै नेता कंडेलको उम्मेदवारी छ भने प्रदेश (क) मा माओवदीका उम्मेदवार चिनक कुर्मी र प्रदेश (ख) मा बैजनाथ कलवारको उम्मेदवारी रहेको छ । यता कांग्रेस र माओवादीको प्रतिस्पर्धाको रुपमा भने नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभामा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् भने प्रदेश २ (क) मा एमालेकै थान प्रसाद गैरे र २ (ख) मा जसपामा जिल्ला अध्यक्ष धरेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।
यस्तै, राप्रपा–लोसपा गठबन्धनबाट राप्रपाका नेता धुव्र बहादुर प्रधानले प्रतिस्पर्धा गरेका छन् भने प्रदेश २ (क) मा लोसपाका पञ्चराम चौधरी र २ (ख) मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्पर्धा गर्दै छन् । तीन ओटा गठबन्धनसहित अन्य केही राजनीतिक दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।
नवलपरासी–२ मा कांग्रेसका कंडेल र एमालेका अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत रहेको छ ।
मतको हिसाबले कांग्रेका कंडेल १६ हजार ९६० मतले अघि देखिन्छन् । २०७४ को निर्वाचनमा कांग्रेसका कंडेलको वाम गठबन्धन भन्दा ८ हजार मत कम थियो तर चुनावको नतिजा आउँदा कंडेलले १० हजार मत अन्तरले वाम गठबन्धनलाई हराएका थिए । जबकी नेपाली कांग्रेसले देशभरीमा जम्मा २३ सिट मात्रै प्रत्यक्षमा जितेको थियो । त्यस्तो समयमा पनि नवलपरासी क्षेत्र नम्बर २ मा कंडेलको विजयले उनको निकै राम्रो प्रभाव भएको बुझ्न सकिन्छ ।
किन लोकप्रिय छन् कंडेल ?
जनता र समाजप्रति आफूले गरेको योगदानले गर्दा नवलपरासीका जनताले आफूलाई नै विजय बनाउने कंडेल दावी गर्छन् । सुनवलदेखि महेशपुर बोर्डरसम्मको क्षेत्रमा आफुले सडक पुर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ । नवलपरासी हुँदै बाईपास सडक, परासी बजारको चार लेन सडक, हुलाकी राजमार्ग, महेशपुर छोटी भन्सारलाई मुल भन्सारमा परिणत गर्ने कामहरु उनको पहलमा भएका छन् ।
यस्तै, कंडेलकै पहलमा महेशपुुर भन्सारलाई राजमार्गसँग जोड्ने महेशपुर–सुनवल सडक चार लेनमा परिणत गरी व्यापारिक मार्गको रुपमा परिणत गर्न करिब १ अर्ब ३३ करोड बजेट व्यवस्थापनको साथै निर्माण कार्य प्रारम्भ भएको छ । सिमा क्षेत्रको विकासको मुख्य उद्देश्यसहित नवलपरासी र रुपन्देहीको बोर्डरलाई जोड्ने महेशपुर–सुनवल जोड्ने गरी भन्सीपुर–सनहीदेखि पडरीसम्म १४ किलोमिटरको रणनीतिक सडक निर्माणका लागि करिब ४० करोड बजेट व्यवस्थापन गरी कामको शुरुवात भएको छ ।
कंडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट शिक्षा क्षेत्र, स्कूल तथा मदरसाका भौतिक संरचना निर्माणमा ३ वर्षसम्म नियमित बजेट व्यवस्थापन गरेका छन् । साथै स्थानीय पूर्वाधार विकास कार्यक्रमबाटै स्वास्थ्य क्षेत्र, खेलकुद, धार्मिक, पर्यटकीय क्षेत्र तथा समाजिक क्षेत्रको विकासमासमेत उल्लेख्य बजेट व्यवस्थापन गरेको उनको निजी सचिवलायले जनाएको छ ।
नवलपरासीमा सिंचाईको सुविधाका लागि डिप बोरिङ् तथा खानेपानी व्यवस्थापनका लागिसमेत बजेट विनियोजन, शहरी विकास कार्यक्रमबाट रामग्राम नगरपालिकालाई सुन्दरीकरण गर्न पहल गर्नुको साथै कंडेलले बजेटसमेत व्यवस्थापन गरेर कार्यान्वयनमा गइसकेको छ ।
यस्तै, सुनवल नगरपालिकालाई सुन्दरीकरण गर्न शहरी विकास मन्त्रालयबाट करिब २० करोड बजेट व्यवस्थापन भएको छ । सरावल गाउँपालिकाको बाँसाबसई हुँदै सुनवल– १३, बडेरा हुँदै जोड्ने करिब ८ किलोमिटरको रिङ्रोड निर्माणका लागि योजना स्वीकृत भइ प्रारम्भिक बजेटसहित कार्य प्रारम्भ भएको कंडेलको सचिवालयले जनाएको छ । पछिल्लो समय सुकुम्बासी समस्या समाधानका आयोग गठन गरी भूमिहिन, दलित तथा सुकुम्बासीहरुलाई लालपुर्जा वितरण लगायतका कामको पनि शुरुवात भएको छ ।
कंडेल अहिले उनको निर्वाचन क्षेत्रमा दैनिक निर्वाचन अचारसंहिताको पालन गर्दै, घरदैलो कार्यक्रममा सहभागी भैई आफ्नो निर्वाचन क्षेत्रको बिकासमा प्रतिबद्धता गर्दै अभियानलाई तीव्रता दिदै आईरहेका छन ।



















