Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुर २ मा तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको विरासत 

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर ९ | बिहान ०९:०८ बजे

नवलपुर । नवलपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नेकपा एमालेको तीन दशक लामो विरासत भत्काएको छ ।एमालेका तिलकबहादुर महत क्षेत्रीलाई पराजित गर्दै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका विष्णु कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कार्की निर्वाचित भएसँगै कांग्रेसले एमालेको ३० वर्षे विरासत भत्काएको हो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्कीले ३६ हजार एक सय चार मत प्राप्त गर्दा एमालेका क्षेत्रीले ३४ हजार ८३ मत पाए ।

arkhala ads

नवलपुर २ बाट २०४८ सालको निर्वाचनमा एमालेका उम्मेदवार मोजीलाल थनेत थारू निर्वाचित भएका थिए । त्यसैगरी २०५१ को मध्यावधि निर्वाचनमा एमालेका चन्द्रमणि खराल र २०५६ मा भएको आमनिर्वाचनमा एमालेका तर्फबाट पुनः मोजीलाल थनेत थारू निर्वाचित भएका थिए ।

पहिलो संविधानसभा सदस्यको निर्वाचन २०६४ मा एमाले तेस्रो शक्ति बन्दासमेत यो क्षेत्रबाट एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल निर्वाचित भएका थिए । २०७० को निर्वाचनमा एमालेका जीवन श्रेष्ठ र २०७४ मा एमालेका तिलकबहादुर महत क्षेत्री निर्वाचित भएका थिए । तर, यो पटक भने एमालेले यो क्षेत्रमा पराजय भोग्नु पर्‍यो ।

एमालेको तीन दशकभन्दा लामो विरासत भत्काउनु सानो उपलब्धि नभएको कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी बताउँछन् । ‘यो क्षेत्रमा एमालेको राम्रो प्रभाव छ । प्रदेशसभाका दुवै सिट एमालेले जित्दा पनि प्रतिनिधिसभा सदस्यमा हामीले जित हासिल गर्नु ठूलो उपलब्धि हो’, जिसीले भने, ‘यो जितलाई आगामी दिनमा कायम राख्न हामीलाई अझ बढी चुनौती थपिएको छ ।’

दुवै प्रदेशसभामा एमालेका उम्मेदवारले ठूलो मतान्तरले जित निकालेका छन् । प्रदेशमा जितेको पार्टी प्रतिनिधिसभा सदस्यमा हार्दा साङ्गठनिक रूपमा एमालेलाई धक्का लागेको पार्टीका जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरले बताए । ‘पार्टीले नसोचेको निर्वाचन क्षेत्रमा हार व्यहोरेको छुु’, मगरले भने, ‘हामी यहाँ के कारणले हार्‍यौँ भन्ने विषयमा हामीले पार्टीको समीक्षा बैठकमा निर्णय गर्नेछौँ ।’

नवलपुर–२ मा अघिल्लो निर्वाचन २०७४ मा कार्की एक हजार तीन सय तीन मतले क्षेत्रीसँग पराजित भएका थिए । त्यसबेला एमालेका महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार सात सय २० मत प्राप्त पाएका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved