काठमाडौं, मंसिर १२ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
सोमबार बिहान बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । उनीहरुले अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने जमर्को गरिरहेका छन् । शनिबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउनेबारे समझदारी भएको थियो ।
बालुवाटार स्रोतका अनुसार आज बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै कुराकानी गरेका हुन् । उनीहरूबीच चुनावी परिणामको समीक्षा, समसामयिक राजनीति र भावी सरकारका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।



















