Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेत्र किक्रम चन्द ‘विप्लव’ले गरे अध्यादेशको स्वागत, स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर २७ | मध्यान्ह ०७:०८ बजे

काठमाडौं, मंसिर २७ । विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ ।

मंगलवार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरिएको छ ।

arkhala ads

‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरू माथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता-कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशवारे निर्णय गरी प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेस गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्म अनुरूप सरकारले आफ्नो जिम्मेवारी स्वरूप अध्यादेश पेस गर्नु स्वागतयोग्य कुरा हो । तीन बुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरूलाई सकारात्मक रूपले निकास दिन गरिरहेको पहललाई मनन गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिज्यूले पनि अध्यादेशलाई स्वीकृति प्रदान गर्नेमा पार्टी विश्वस्त छ ।’

सरकारले अध्यादेश पेस गरे पश्चात् सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली काङ्ग्रेसकै कतिपय नेताहरूका साथै एमालेका कतिपय नेताहरुले विरोध गरिरहेको सुन्दा आश्चर्य चकित बनाएको पनि विप्लवले बताएका छन् । ‘कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरूलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो’, विज्ञप्तिमा भनिएको छ ।

नेकपाले ३ बुँदे सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक ग्रहण गरेर सहयोग पुर्‍याउन सबै पक्षसँग आग्रह पनि गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved