काठमाडौं, पुस २ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् । कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा देउवाले नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम मत परिणाम आएसँगै उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन आज (शनिबार) दिउँसो ३ बजे बालुवाटारमा बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए
बधाइ ज्ञापनका लागि भनिए पनि बालुवाटारको भेलालाई संसदीय दलको नेताको चुनावको तयारीका रूपमा हेरिएको छ । यस क्रममा सरकार गठनका लागि भइरहेका प्रयास लगायत सांसदको भूमिकाबारे कुराकानी हुने बताइएको छ ।



















