Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

स्थानीय तहको काम कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने: प्रधानमन्त्री देउवा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • पुष २, शनिबार ०१:०५ बजे प्रकाशित
bulingtar press ads

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रस्ट्याएका हुन् ।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गरे । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताए ।

उनले भने– ‘धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी उपत्यकाकै जेठो ललितपुर महानगरपालिकाको १०४ वर्षमा प्रवेश गरेको सुख्द अवसरमा महानगरबासी तथा जनप्रतिनिधिहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । उपत्यकाको पुरानो र मौलिकता बोकेको यो सहर व्यवस्थित र नागरिकको जीवनलाई सहज र गुणस्तरीय बनाउने विविध योजनाहरुसहित अघि बढेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ ।

नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र परिणाममुखि नागरिक जवाफदेही हुनुपर्दछ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरूले नागरिकको अपेक्षा अनुसार यस महानगरलाई नमुना महानगरको रुपमा काम गर्ने हिसावले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु । मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन । यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन । यस महत्वपूर्ण निधि र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रुपमा विकास गर्न जनप्रतिनिधि र महानगरबासीले एकआपसमा हातेमालो गर्दै अघि बढन आवश्यक छ ।’

उनले भने– ‘ललितपुर महानगरपालिकाले सम्पदाहरूको संरक्षणका लागि गरेका कामहरू प्रशंसनीय छ । निर्माणाधीन सम्पदाहरूको निर्माण कार्य सम्पन्न भएपछि एकातिर पर्यटकहरूको प्रवर्द्धन गर्न सहयोग पुग्नेछ भने अर्कातिर सांस्कृतिक स्मार्ट सिटीको रुपमा विकास गर्न पनि सहयोग पुग्नेछ । भौगोलिक पूर्वाधारमा मात्रै जोड नदिई नागरिकलाई खुसी बनाउने तथा उनीहरूलाई सांस्कृतिक मूल्य, मान्यता संरक्षण र सम्वद्र्धन गर्दै अघि बढाएको यस महानगरपालिकाका कामहरू उदाहरणीय छन् । आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गर्दछु ।

प्राचित सभ्यता र संस्कृतिलाई यथावत् संरक्षण गर्दै नयाँ आधुनिक पूर्वाधार निर्माणले यस महानगरपालिकालाई उपत्यकाकै प्राचीन र आधुनिक शहरको रुपमा विकास गराउनु सबैका लागि अनुकरणीय रहेकोमा दुईमत छैन । भौतिक पूर्वाधारको विकासले वातावरणीय पक्षको आन्तरिकीकरण तथा नागरिक केन्द्रित विकासमा महानगरपालिकाले खेलेको भूमिका अनुकरणीय छ । यहाँ भएको कामले राष्ट्रिय मात्र नभइ अन्तराष्ट्रिय स्तरमा पनि नेपाल र नेपालीको परिचय गराउनु भएको छ ।’

त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षण र सम्वर्द्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गरे ।

भौतिक पूर्वाधारहरूको विकास गर्दा नागरिकको जीवनलाई सहज हुनेगरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाई थियो ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved