Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुटवलको लाफा समूहलाई खुल्ला ब्याडमिन्टन उपाधि

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ पुस २ | मध्यान्ह ०२:०९ बजे

बुटवल । रुपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ ।

शनिबार लुम्बिनी राष्ट्रिय महोत्सवमा संचालित फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टीमलाई पराजित गर्दै उपाधि जितेको हो । गाहा र श्रीसको टिमले उपबिजेतामा चित्त बुझायो । फाइनलमा बस्नेत र पौडेलको टीमले २१–१९ र २१–१५ को सोझो सेटमा गाहा र श्रीसको टिमलाई हराउँदै उपाधि जितेको हो ।

arkhala ads

उपाधिसँगै बिजेता टिमले नगद १५ हजार, उपविजेताले १० हजार रूपैयाँ प्राप्त गरे । प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका केशव तिवारी र मदन सुवेदी तथा तामनगरकै सुभाष कर्माचार्य र रामजी न्यौपानेको टिमले तृतीय स्थान हासिल गरि नगद पाँच हजार रूपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीलाई नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवाल, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक पौडेल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्ष अरुणकुमार गोयन्का, महासचिव विजय पाण्डे, सचिव दीपेन्द्र प्रधान, खेलकुद संयोजक हरिबहादुर थापा, प्रचार(प्रसार संयोजक कृष्णप्रसाद घिमिरे लगायतले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

आठौं लुम्बिनी राष्ट्रिय महोत्सव– ०७९ को अवसर पारेर सिद्धार्थ उद्योग बाणिज्य संघले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । यसले पछिल्लो समय लोकप्रिय मानिएको ब्याडमिन्टन खेलको प्रवर्द्धन हुने र खेल संस्कृतिको विकासमा टेवा पुग्ने आफूहरूको अपेक्षा रहेको खेल संयोजक थापाले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved