Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सिद्धबाबामा सुरुङ मार्ग निर्माण प्रक्रिया थालिदैं

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ पुस २ | मध्यान्ह ०३:०९ बजे

बुटवल । बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ।

सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले डिजाइन तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य काम गरिरहेको छ । माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले बताएको छ।

arkhala ads

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु भएको सुरुङ मार्ग निर्माणपछि यस क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । आठ महिनाअघि ठेक्का सम्झौतापछि स्थलगत अध्ययन गरेपछि डिजाइनको काम सकेर स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको छ।

डिजाइन स्वीकृतिपछि सुरुङ मार्ग निर्माणको काम प्रारम्भ हुने निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जनाएको छ । हाल ११ केभी विद्युत् क्षमता भएको विद्युत् विस्तारको काम भइरहेको छ। यस्तै, माटो परीक्षण सकेर रिपोर्ट प्राप्त भइसकेको सडक डिभिजन बुटवलका प्रमुख जयलाल मरासिनीले बताए। सुरुङ मार्गको डिजाइन अन्तिम चरणमा पुगेको र अब छिट्टै काम सुरु गरिने उनको भनाइ छ।

डिजाइनको काम सम्पन्न भएपछि सुरुङ छेड्ने काम थालिने उनले जानकारी दिए। सुरुङ मार्ग निर्माण काम थालेको पाँच वर्षभित्र सक्ने योजना छ ।आयोजनाका लागि ७ अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ।

सिद्धबाबा क्षेत्रमा १ हजार १२६ मिटरको सुरुङ मार्ग बनाउने सम्झौतामा उल्लेख छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।

यो क्षेत्रमा हरेक वर्ष माथिबाट खसेको पहिरोका कारण कैयौं यात्रुले ज्यान गुमाउनु पर्ने र घाइते हुनुपर्ने बाध्यता छ। सुरुङ मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा सहज हुनेछ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved