Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ पुस ३ | बिहान ०९:०९ बजे

महेश सिंह
सिरहा, ३ पुष । नेपाल निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरिएको छ। सिरहा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना कार्यक्रम गरिएको हो।

नेपाल निजामती कर्मचारी संगठनका सिरहा अध्यक्ष राज कुमार रायको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राम शंकर यादव रहनु भएको थियो। विशिष्ट अतिथिहरुमा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह कोईरी, राज कुमार गुप्ता राजुु, राजेन्द्र प्रसाद चौधरीलगायत सदस्यहरुलाई सम्मान गरिएको थियोे।

arkhala ads

कार्यक्रममा नेकपा एमालेका युवा नेता राम नारायण महतो नेतृ रिता यादव नेपाल निजामती कर्मचारी संगठन बिधान केन्द्रिय सदस्य कृष्ण देव यादव किशुन, मधेस प्रदेश उपाध्यक्ष बिमला थापा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममा प्रमुख अतिथि यादवले देशमा भ्रष्टाचारी उन्मुलन गर्न सकियो भने मात्र देशले बिकासमा फड्को मार्ने बताए। उनले भने `जनताले कर्मचारीको सेवाबाट खुशी हुनुपर्छ ताकि सेवाग्राहीले भन्नसकियोस कि सरकारी कार्यालयहरुमा काम सहज र सजिलै तरिकाले हुने गरेको छ।´ त्यो सहजताको वातावरण बनाउन कर्मचारी बर्गमा यादवले अनुरोध गरेका थिए। आफूहरु कर्मचारी हरेक समस्या सामाधान गर्न तत्पर रहने भन्दै उनले सफलताको शुभकामना दिए।

विशिष्ट अतिथि राजकुमार गुप्ताले राजनीति स्थिरता ल्याउन सम्पुर्ण देशबासीको जिम्मेवारी रहेको बताए। नेपालको राजनीति कठिन मोडमा रहेको चर्चा गर्दै सार्वभौम सम्पन्नता ल्याउन कठिन रहेको बताए।जनताको प्रतिक्षमा बने नेताहरुको जनताको अबस्था त्यसपछि सुधार हुनुपर्नेमा जोड दिएका किसानको वास्तविकता राजनीतिमा जातीयता कार्गर हुदैन बताए।

आत्मीय रूपले ग्रहण गर्नु पर्ने राष्ट्रिय स्थितरता हुनुपर्ने र पार्टीबाट माथीबाट उठेर काम गर्न सम्पूर्ण प्रदेश सभा सदस्यहरुको अनुसुचीको लागी अधिकार लिन हामी कटीबध रहने बताए। यस्तै शत्रुधन महतोका अनुसार पाँच दलिय गठबन्धन पेलडुलम भएको छ।देशको मालीक जनता रहेको भन्दै उनले आफूहरू सधै जनताको काम गर्न हमेसा तत्पर रहने प्रतिबद्धता जनाएका छन्। उनले कमि कमजोरीको निति निर्माण गर्ने तयार रहेको जनाए।

प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीका अनुसार देशमा भ्रष्टाचार रोग जस्तै पलाएको अवस्था छ।भ्रष्टाचार देशमा उन्मुलन गर्न सकियो भने देशले नयाँ बिकासको गति लिने बताए। कार्यक्रममा सयौं कर्मचारीहरुको उपस्थिति रहेको आयोजकले जनाए। कार्यक्रमको उदघोष नेपाल निजामती कर्मचारी संगठनका मधेस प्रदेश उपाध्यक्ष बिमला थापाले गरेका थिए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved