तनहुँ, पुस ३ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चौडा पार्ने क्रममा आइतबार बिहान करिब १० बजेतिर सडक भाँसिएको हो ।



भाँसिएको उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँका नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार साना सवारी साधनलाई वैकल्पिक बाटोबाट गन्तव्यमा पुग्न मद्दत गरिएको छ ।


खाल्डोमा माटो हालेर पुरेर सडक पुन: सञ्चालनमा ल्याइने काम भइरहेको प्रहरीले जनाएको छ ।








