नवलपुर । नारायणी नदीको नारायणी पुलबाट एक जना युवतीले हामफालेकी छिन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति ८ बजेको समयमा गैडाकोट २ नारायणी नदी पुलबाट १८ बर्षीय युवती सरस्वती कुवरले नदीमा फाल हालेकी हुन् ।



बैतडी जिल्ला घर भई हाल चितवन स्थित पोखरा बसपार्कमा हर्बोको सामान बिक्री गर्ने काम गरी बस्ने कुँवरले पुलको बीच भागबाट हाम फालेको हो ।


प्रहरीको टोली र स्थानीयले खोजी गर्ने क्रममा उनलाई गैडाकोट–६ टपरी होटल नजिकै नदी किनारमा फेला पारी उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन ल्याएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम र उपचार भईरहेको प्रहरीले जनाएको छ ।








