काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै उनका प्रतिस्पर्धी गगन थापाले २५ मत प्राप्त गरे ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि ८९ सांसदले मतदान गरेका थिए ।



















