बुटवल, पुस ६ । रुपन्देहीको बुटवलमा एक महिलाको शव फेला परेको छ ।



बुटवलको मिलनचोकबाट भित्र पर्ने स्रोहछतिस कुलोमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । बाहिर कतै हत्या गरेर राति कुलोमा फालेको हुन सक्ने आशंका रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


शरीरमा सामान्य चोटपटक लागेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








