सुर्खेत, पुस ६ । दैलेखमा खसीको मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–६ भूर्तिका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् ।



कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान सवा दश बजेतिर घरमा मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो । मासु ननिक्लिएपछि उनको उपचारका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको थियो ।


अस्पतालमा ल्याइसकेपछि दिउँसो पौने १ बजे उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।








