Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सवारी शाखाको लेखा अधिकृत उपेन्द्र यादवको भ्रष्टाचारी धन्दा बढ्दै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ पुस ८ | मध्यान्ह १२:०९ बजे

रंजित चौरसिया
वीरगंज, ८ पुस । यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंज भ्रष्टाचारको मामिलामा चर्चा बटुलेको कुरा सर्वविदितै छ । सो कार्यालयका लेखा अधिकृत उपेन्द्र यादवले कार्यालय प्रमुख उमेश कुमार रेगमीको आर्शिवाद प्राप्त गरी आफ्नो शाखामा लुटतन्त्र नै मचाई सेवाग्रहीहरुलाई आतंकित बनाई दिएको आरोप लाग्न थालेको छ ।

सो कार्यालयमा गएका सेवाग्रहीहरुले आफ्नो राजस्व दस्तुर बैंकमा जम्मा गरी लेखा शाखामा नगदी रसिद लिन जांदा सोही रसिदमा ५० वा १०० को नोट बेरेर दिन बाध्य बनाएपछि मात्र नगदी रसिद पाउने गरेको सेवाग्रहीहरुले यस अनलाईनलाई बताएका छन् ।
दिनहुँ करिब एक हजार नगदी रसिद काटिने भएको हुनाले अधिकृत यादवको कमाई कतिको हुन्छ, पाठकवर्गहरुले आफै हिसाब किताब गर्दा पुग्छ ।

arkhala ads

यसका अलावा कार्यालय सञ्चालनको लागि आएको बजेटमा पनि अनावश्यक बिल भर्पाई पेश गरी रकम निकासा गरी सो बजेटलाई झ्वाम पार्दै गरेको सो शाखामा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । अधिकृत यादवको भ्रष्टाचारमा कार्यालयको प्रमुख हाकिम उमेश कुमार रेगमीले सघाउदै आएको सेवाग्रहीहरुको कथन रहेको छ ।

कार्यालय प्रमुख रेग्मी कार्यालयमा एकदम कम समय बस्ने र वहांले गएपछि निमित्त कार्यालय प्रमुखको रुपमा काम गर्ने अधिकृत उपेन्द्र यादवले भ्रष्टाचारमा ताण्डव नै मच्चाएको बताईन्छ । हाकिमको विश्वास पात्रको रुपमा चिनिएका अधिकृत यादवको भ्रष्ट गतिविधिका कारण सेवाग्रहीहरु अनावश्यक दुःख झेल्न बाध्य भएका छन् । अधिकृत उपेन्द्र यादवको पटक–पटक सरुवा भए तापनि उनी कार्यालय प्रमुख रेगमीलाई रिझाई रवाना नबुझेको बताईन्छ ।

भ्रष्टाचारको कमाईबाट वीरगंजको भिस्वामा आलिशान महल ठडयाएको र कैयौं ठाउंमा घडेरीहरु जोडन सफल भएका अधिकृत यादवलाई सम्बन्धित निकायले अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडि नबढाउदा सचेत नागरिकहरु औला टोक्न बाध्य भएका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved