Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न–नगराउन सञ्चारमाध्यमलाई आह्वान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ माघ २८ | बिहान १०:१० बजे

काठमाडौं २८ माघ । प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न–नगराउन सञ्चारमाध्यमलाई आह्वान गरेको छ ।

काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले जारी गर्नुभएको विज्ञप्तिमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्यजस्ता पदार्थले जनस्वास्थ्य प्रतिकूल गराउने भएकोले विज्ञापन सामग्रीको प्रचार रोक्न सञ्चारमाध्यमलाई सचेत गराइएको हो । सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ ।

arkhala ads

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “यसविपरीत विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यस किसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्नरनगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई यसै विज्ञप्तिमार्फत् आह्वान गर्दछ ।

काउन्सिलले पछिल्लो समय प्रकाशित सामग्रीलाई लिएर प्रेस स्वतन्त्रताको हनन हुने किसिमबाट गालीगलौज गर्ने, धम्की दिने कार्य हुने गरेकोप्रति काउन्सिलको ध्यानाकर्षणसमेत भएको जनाएको छ । त्यस्तै कतिपय स्वास्थ्य तथा आर्थिक क्षेत्रतर्फ केन्द्रित सञ्चारमाध्यमबाट पर्याप्त आधाररकारण र प्रमाणबिनै सम्बन्धित निकाय वा पक्षको भनाइलाई स्थान नदिई एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको भनी गुनासा आउन थालेकाले त्यस्तो प्रवृत्ति रोक्न समेत भनिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved