काठमाडौं ९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उनको भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचार भइरहेको छ ।



बुधबार सो अस्पतालमा भर्ना भएका उनको तत्काल सुधारका संकेतहरु देखिएको हो । उनको उपचारमा संलग्न चिकित्सकहरुले राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।










