Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

घरेलु रक्सी बेच्न पाउनुपर्ने भन्दै नेपाल मगर संघ नगर समिति गैँडाकोटले नगरपालिकामा ज्ञापनपत्र बुझाए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० भदौ १५ | मध्यान्ह ०३:०५ बजे

गैँडाकोट १५ भदौ । घरेलु रक्सी बेच्न पाउनुपर्ने भन्दै नेपाल मगर संघ नगर समिति गैँडाकोटले नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटले केहिदिन अघि नगरको ढोडेनी क्षेत्रबाट बरामद गरेको ५ सय २० लिटर घरेलु रक्सी स्थानीय जनप्रतिनिधीको रोहबरमा नष्ट गरेपछि मगर संघले आपत्ति गरिएको  थियो । नेपाल मगर संघ नगर समिति गैँडाकोटका अध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगरको नेतृत्वमा नगरपालिका गएको टोलीले मेयर मदनभक्त अधिकारीलाइ ज्ञापनपत्र बुँझाउदै जिविकोपार्जनको माध्यम बनेको घरेलु रक्सीलाई पक्राउ गरि नष्ट गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

arkhala ads

मगर संघले बुझाएको ज्ञापनपत्रमा स्थानीय स्तरमा उत्पादन भएको मदिरालाई बैधानिक बनाउने विषयमा संसदमा समेत कुराहरु उठेको र छलफल भैरहेको सन्दर्भमा सस्तो प्रचारबाजीमा उत्रिएर स्थानीयलाइ नै कमजोर बनाउने काम भएको भन्दै यस्ता कार्य तत्काल सच्चाउन भनिएको छ ।

यस विज्ञेप्तीमा गैँडाकोट नगरका वडा नं. ३, १४ र १८ का विभिन्न क्षेत्रमा बसोबास गर्ने नगरवासीहरु आर्थिक रुपमा कमजोर रहेको भन्दै स्थानीय सरकारले कानून बनाएर जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved