Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

देवचुली नगर अस्पतालमा कार्यरत पाँच जना डाक्टरले एकैचोटि ड्युटी रोके

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र १६, शनिबार ०६:४२ बजे प्रकाशित

देवचुली १६ भदौ । देवचुली नगर अस्पतालमा कार्यरत पाँच जना डाक्टरले एकैचोटि ड्युटी रोकेका छन् ।

नगरपालिका मातहतको नगर अस्पतालका सवै पाँचै जना डाक्टरले शुक्रवार सेवामा हाजिर नभएका हुन् । अस्पतालबाट प्रवाहित सेवाका विषयमा नगरपालिका स्वास्थ्य शाखामा मौखिक रुपमा थुप्रै गुनासा प्राप्त भएपछि स्वास्थ्य शाखा प्रमुखले नागरिकबाट आएका विषयको बारेमा ड्युटीमा रहेका सम्वन्धित डाक्टरसँग फोनमा भएका कुराकानी र सवाल–जवाफपछि शुक्रवारदेखि सेवा दिन असमर्थ रहेको जनाएका छन् ।

arkhala ads

विहिवार साँझ नगर अस्पतालका प्रमुखलाई सम्वोधन गरेर पठाईएको पत्रमा स्वास्थ्य शाखा प्रमुखले फोनबाट गाली गलौज, अपशब्द प्रयोग र झुटा आरोप लगाएको उल्लेख छ । इमर्जेन्सी प्रमुख डा. प्रशान्त श्रेष्ठ, ओपिडी प्रमुख डा. राजिव सापकोटा, डा. भरत यादव, डा. निर्मल अधिकारी र डा. रविन भुसालद्धारा हस्ताक्षरित संयुक्त निवेदनमा चिकित्सक माथी लगाईएको आरोप र गाली गलौज, अपशब्दका विषयमा


Service médical à domicile de Medici Generici à Rome

Service médical à domicile de Medici Generici à Rome

Notre équipe fournit un service de soins de santé à domicile, garantissant professionnalisme et confort pour les patients à Rome.

शाखा प्रमुखले माफी माग्नुका साथै कारवाही समेत हुनुपर्ने माग गरेका छन् । अन्यथा आफ्नो आन्दोलन अनिश्चित रुपमा हुने जनाएका छन् ।

निवेदनमा ईमर्जेन्सी सेवा बाहेक अन्य सेवा दिन आफूहरु असमर्थ भएको स्पष्ट पारेका छन् । यता, दैनिक ३ सय विरामी–सेवाग्राही सेवाका लागि आउने अस्पतालमा सबै डाक्टरहरुको समूहले अकस्मात सेवा ठप्प पार्ने जानकारी हुनासाथ विहानै अस्पताल ब्यवस्थापन समितिको आकस्मिक बैठक वसी बैकल्पिक जनशक्ति परिचालन गरी नियमिति सेवा प्रवाह भएको छ ।
अस्पतालबाट चौविसै घण्टा सेवा प्रवाह गर्ने योजना अनुसार चालु वर्षको साउनको पहिलो हप्ताबाट चौविसै घण्टे सेवा प्रवाह गरेको अस्पतालमा पारदर्शी, जवाफदेही ढंगबाट नागरिकको सेवामा खटिनुपर्ने स्वास्थ्य क्षेत्र जस्तो मर्यादित पेशामा लागेका चिकित्सकबाट यस्तो हुनु दुखद रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख हरिप्रसाद न्यौपानेको भनाई छ । नगर प्रमुख न्यौपानेले अस्पतालको सेवा नरोकिने समेत स्पष्ट पारे ।
स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार सेवाग्राहीले नगर अस्पतालबाट पाउने सेवा समेत अस्पतालकै गुणस्तरीयतामाथी शंका देखाएर बाहिरी प्रयोगशाला र फार्मेसीमा पठाउने गरेका धेरै गुनासा आएपछि आफूले उक्त विषयका बारेमा डा. प्रशान्त श्रेष्ठसँग गुनासा र सेवा प्रवाहका बारेमा यथार्थ के हो भनी बुझेको, गुनासा अनुसारको गतिविधि भए नगर्न र स्वास्थ्य शाखा, अस्पताल प्रमुख लगायतका उपल्ला निकायमा जानकारी नगराई आफूखुसी निजी क्लिनिक, फार्मेसी वा प्रयोगशालामा नपठाउन भनेको बताए ।
अस्पताल ब्यवस्थापन समितिको बैठकमा आन्दोलनरत पक्षसँग संवाद र छलफलका लागि पटक पटक आग्रह गरे पनि वेवास्ता गरेकाले थप प्रक्रिया अगाडी बढाईने निर्णय भएको शाखा प्रमुख श्रेष्ठले बताए । सेवाग्राहीहरुले समेत अस्पतालमा हुने सेवामा ठूलो चलखेल र सेटिङ समेत हुने गरेको बताउँछन् । स्रोत नखुलाउने शर्तमा नगर अस्पतालको ठीक अगाडी रहेको एक पोलिक्लिनिक र फार्मेसी डा. प्रशान्त श्रेष्ठको भएकोले रगतदेखि भिडियो एक्सरे सम्मका परिक्षण गर्न आफ्नै पोलिक्लिनिकमा पठाउने, नगर अस्पतालमा उपलब्ध हुने औषधि कम गुणस्तरका छन् भन्ने बुझाएर अधिकांश आफ्नै फार्मेसीमा उपलब्ध हुने कम्पनीका औषधिहरु सिफारीस गर्ने गरेको एक सेवाग्राहीले सुनाए ।
इमर्जेन्सी सेवा बाहेकका सेवा रोक्ने जनाएका चिकित्सक ईमर्जेन्सी कक्षमा समेत भेटिएनन् । कार्यालय समयमा परिसरभित्र देखिएका डाक्टरहरु आधा घण्टामै बाहिरिएका थिए । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ता, अस्पताल ब्यवस्थापन समितिमा रहेका वडाअध्यक्ष तथा अन्य सदस्य, स्वास्थ्य शाखा प्रमुख सहितको टोलीले अस्पतालको सेवालाई अवरुद्ध नहुने गरी सेवा सुचारु गरेपछि डाक्टरहरुको समूह मौन रुपमा बाहिरिएका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved