Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नगरस्तरीय लाखे नाच प्रतियोगितामा श्री गणेश भिमसेन नेवाः गुठी गोछडा प्रथम

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० भदौ १६ | मध्यान्ह ०६:०५ बजे

नवलपुर १६ भदौ, । नवलपुरमा लाखे नाच प्रतियोगिता भएको छ । लाखे नाच नेवारी समुदायको परम्परागत नाच हो । जसले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ ।

नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागत रुपमा मनाइने लाखे नाच पर्व जोगाउन पछिल्लो समय नवलपुर जिल्लाका नेवार समुदायले पनि लाखे नाचको प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेका छन् । शनिबार कावासोती नगरस्तरीय खुलला लाखे नाचको आयोजना नै गरेर कावासोती नगरपालिका भित्र रहेका गुठीहरुले लाखे नाच प्रर्दशन गरेका थिए ।

arkhala ads

एक औपचारीक कार्यक्रमका विच सुरु भएको प्रतियोगितामा भिमसेन कालिका नेवाः गुठीको आयोजना तथा सनराइज युवा समन्वय समितिको सहआयोजनामा भएको कार्यक्रम भिमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहन कुमार श्रेष्ठको सभाध्यक्ष्ता एवम् संविधान सभा सदस्य जिवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय आदिवासी जनाजाति भित्र रहेका नेवारी समुदायको विभिन्न किसिमका परम्परागत संस्कार र संस्कृति लोप हुँदै गइरहेको बताएका छन् ।

यसरी परमपरागत रुपमा रहेका मौली लाखे नाच जस्ता संस्कार संस्कृति लोप हुँदै जानु भनेको नेवार समुदायको अस्तित्व खस्कदै गएको भन्दै चिन्ता व्यक्त समेत गरेका छन् । लोप हुने अवस्था रहेको संस्कार संस्कृतिको जर्गेना गर्नेगरी जिल्लामा नै पहिलो पटक लाखे नाच प्रतियोगिता गर्नु सह्रायिन कार्य भएको बताइएको छ । प्रतियोगितामा कावासोती नगरपालिका भित्रका पाँच वटा गुठीका प्रतियोगीहरुको सहभागी रहेका थिए । श्री गणेश भिमसेन नेवाः गुठी कावासोती १७ गोछडा प्रथम हुन सफल भएका छन् । यस्तै दोश्रो भिमसेन कालिका नेवाः गुठी कावासोती १४ त्रिभुवनटार र शिखा नेवा गुठी कावासोती ३ तेश्रो हुन सफल भएका छन् । प्रथम हुनेले नगद रु.१० हजार , दोश्रोले ५ हजार र तेश्रो हुनेले ३ हजार प्राप्त गरेका छन् । प्रतियोगिता कावासोती नगरपालिका १४ त्रिभुवनटारमा सञ्चालन भएको थियो । कार्यक्रममा विभिन्न नेवारी संघसंगठनमा रहेका पदाधिकारी तथा सरकारी निकायहरुको विशेष उपस्थित रहेको थियो ।

नेवारी समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रुपमा प्रस्तुत गर्ने लाखे नाच देशका विभिन्न भुभागमा लोकप्रिय छ । नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलीपल्टसम्म लाखे नाच दिनहूँ देखाइन्छ । सामाजिक परम्परासंग जोडिएको लाखे नाच कंशको प्रतिकका रुपमा डरलाग्दो राक्षसी रुप लाखे र अन्य मुकुण्डोधारी उसका सहयोगी सामूहिकरुपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved