Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८० मंसिर १४ | मध्यान्ह ०१:०८ बजे
काठमाडौँ १४ मंसिर जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन, उपसचिव र शाखा अधिकृतबाट दुई र सोभन्दा तलका कर्मचारीबाट एक दिन बराबरको पारश्रमिक सहयोग गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
भूकम्पपीडितको राहत र पुनः स्थापनका उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पठाइने उहाँले बताउनुभयो ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved